मुख्य समाचार

सिन्धुली मा बन्द काे सामान्य प्रभाव दुधाैलि मा शंकास्पद बस्तु भेटियाे सुरक्षा ब्यवस्थाकडा

 सिन्धुली जेठ १३गते 

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको सिन्धुलीमा सामान्य  प्रभाव परेको छ । बन्दले जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने भएको छैन । दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेर्टिको हो । 


सडकमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु राखिएको जिल्ला प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिनुभयो । शंकास्पद वस्तुबारे सुरक्षा निकायले अनुसन्धान गरिहेको छ ।  विपी राजमार्गमा सवारी साधनलाई स्कटीङ गरेर सञ्चालन गराइएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । ग्रामीण भेगका सवारी साधन भने ठप्प छन् ।

भने सदरमुकाम काे बजार केही छिट फुट रूपमा बन्द भयका छन भने सदरमुकाम बाट मरिण ,दुधाैलि ,जाने सवारीसाध भने चलेका छैनन्  भने।विद्यालय भने अधिकामस बन्द रहेकाे छ ।जिल्ला मा सुरक्षा बेवास्ता कडा पारेकाे छ ।

No comments