सिन्धुली काे महेन्द्रझाडि बाट सर्लाही अाउदै गरेकाे बस बागमती खाेला मा खस्दा १काे मृत्यु
सिन्धुली जेठ १८गते
सर्लाहीको बागमती नदीमा यात्रुबाहक बस खस्दा चालकको मृत्यु भएको छ । शुक्रबार महेन्द्रझाडीबाट यात्रु बोकी बागमती आउँदै गरेको ना. ३ ख ६६४२ नम्बरको यात्रुबस मोरङ्गेको उकालोबाट बागमतीमा खस्दा चालकको मृत्यु गएको हो ।
उनी रौतहट चन्द्रपुरका ३५ वर्षीय विरु राई रहेको प्रहरीले जनाएको छ । उकालोको टुप्पो नजिक पुग्ने बेलामा स्टार्ट बन्द भएपछि अनियन्त्रित भई बस पछाडि सर्दै तल खोलामा खसेको प्रत्यक्षदर्शीले बताए ।
हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरङ्गेको उकालो निकै ठाडो रहेकाले यात्रु झारेर चालकले बस उकाल्ने क्रममा दुर्घटना भएको स्थानियले बताएका छन।



No comments