मुख्य समाचार

२०७५/२/जेठ १९गते काे राशिफल हेर्नुस्

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामले अरूलाई  पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । 

 वृषः इ उ ए ओ वा वी वु वे वो आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।


 मिथुन: का कि कु घ ङ छ के को हा आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । 


 कर्कटः ही हु हे हो डा डि डु डे डो आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचे भन्दा कमै फाइदा मिल्नेछ । 


सिंहः मा मि मू मे मो टा टी टु टे आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ ।


 कन्याः टो प पी पु ष ण ठ पे मो एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । 


तुलाः र री रु रे रो ता ती तू ते ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ ।


 वृश्चिकः तो ना नी नू ने नो या यि यु अवसर 
आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । 


धनुः य यो भा भी भू ध फा ढ भे आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । 


मकरः जो जा जी खी खू खे खो गा गी गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । 


कुम्भः गू गे गो सा सी सु से सो द आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।


 मीन: दि दू थ भ ञ दे दो चा ची स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।

No comments