मुख्य समाचार

मकै कसरी लागाउने कुन माटाे मा कुन मकै लगाउदा उपयुुक्त हुन्छ विधि सहित हेर्नुस्


सिन्धुली जेठ १९गते
मकै नेपालको प्रमुख अन्नवाली मध्ये एक हो। हिमाल, पहाड, तराई सबै भेगमा मकैं उत्पादन हुने गर्दछ । मकैबाट ढींडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात आदि परिकार बनाएर खान सकिन्छ । पछिल्लो समय मकैंबाट खानेतेल पनि उत्पादन हुन थालेको छन् । मकैं खेतीको लागि पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ । 


  मकैं हिमाल, पहाड, तराई ठाउँ अनुसार भिन्न-भिन्नै जातको बिउ लगाउन उपयुक्त हुन्छ । साथै मकैंबालीको लागि गोडमेल, मलजल, रोग, रोप्ने विधि देखी व्यवस्थापन सम्मको जानकारी हुन आवस्यक छ । मकैंबालीको लागि कृषि व्यवस्थापन सूचना प्रणालीले तयार पारेका बुदाहरु निम्न प्रकारका छन् । जुन मकैं बालीको खेती गर्नेले जान्न निक्कै महत्पूर्ण छ । 

मकै कसरि लगाउने कुन बीउ उपयुुक्त हुन्छ 

१- तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ? रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् । 



  २- मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ? खुमल पहेलो, मनकामना १, मनकामना ३, देउती, शीतला, मनकामना ४, पोषिलो मकै १, मनकामना ५, मनकामना ६ । 


  ३- उच्च पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ? गणेश १, गणेश २ जस्ता जातहरु उच्च पहाडका लागि उपयुक्त हुन्छ ।


 ४- तराईका मकैमा किन दाना नलाग्ने समस्या आएको होला ? मकैको धान चमरा निस्कने बेलामा बातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ३५ डिग्री सेल्सियस भन्दा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ ।  


 ५- तराईका मकैमा दाना नलाग्ने समस्याबाट बच्न के गर्नुपर्ला ? असोज या मंसिरमा मकै छर्न सकियो भने उक्त समस्याबाट बच्न सकिन्छ ।



 ६- मकै खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ? पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।



 ७- मकैको बीउ दर कति हो ? लाइनमा लगाउँदाः ६७० ग्राम प्रति कठ्ठा वा १ के.जी प्रति रोपनी वा २० के.जी. प्रति हेक्टर हलो पछाडि लगाउने हो भनेः १ के.जी. प्रति कठ्ठा वा १.५ के.जी. प्रति रोपनी वा ३० के.जी. प्रति हेक्टर बीउ पर्याप्त हुन्छ । 



 ८- मकै रोप्दा बोट संख्या कति हुनुपर्दछ ? साधारणतया मकैको बोट एक रोपनीमा २५०० बोट, एक कठ्ठामा १६६६ र एक हेक्टरमा करिब ५०,००० देखि ५५,००० बोट भएमा बढी उत्पादन लिन सकिन्छ । 



   ९- मकै रोप्दा एक लहर देखि अर्को लहर र एक बोट देखि अर्को बोटको दूरी कति हुनुपर्दछ ? यसको लागी एक लहर देखि अर्को लहर ७५ से.मी. र एक बोट देखि अर्को बोटको दूरी २५ से.मी. कायम गरेमा उक्त बोट संख्या कायम गर्न सकिन्छ ।   



१०- लेकमा मकै कहिले छर्ने ? लेकमा मकै फाल्गुण˗चैतमा छर्नु राम्रो हुन्छ ।  



११- मध्य पहाडमा मकै कहिले छर्ने ? मध्य पहाडमा चैत˗बैशाखमा मकै छर्नु राम्रो हुन्छ । 



१२- तराई तथा भित्री मधेशमा बसन्ते मकै कहिले छर्ने ? फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ । 



 १३- तराई तथा भित्री मधेशमा बर्षे मकै कहिले छर्ने ? बैशाख˗जेठमा मकै छर्नु राम्रो हुन्छ । 



१४- तराई तथा भित्री मधेशमा हिउँदे मकै कहिले छर्ने ? भदौ˗असोजमा। 



१५- मलखादको प्रयोग कसरी गर्ने ? डि.ए.पी. र पोटासको सम्पूर्ण भाग जमिन तयारीमा हाल्ने र यूरियाको आधा भाग बोट घुँडा घुँडा भएको अवस्थामा र आधा भाग जुँगा र चमर निस्कने बेलामा हाल्ने ।   



१६- सिंचाईको हिसाबमा मकैको सम्बेदनशील अवस्था कुन हो ? जुँगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्था मकैको सम्बेदनशील अवस्था हो र यस्तो अवस्थामा माटोमा चिस्यान कमी देखिएमा सिंचाई दिनुपर्दछ । 



  १७- बसन्ते र हिउँदे मकैमा सिंचाईको हिसावले ख्याल गर्नुपर्ने कुरा ? बसन्ते र हिउँदे मकैका लागि रोप्ने बेलामा माटोमा चिस्यान कम भएमा सिंचाई गर्नुपर्दछ ।



 १८- मकैमा गोडमेल या झारपात ब्यवस्थापन कहिले गर्ने ? पहिलो गोडाई मकै उम्रेको ३ देखि ४ हप्ता भित्र गरिसक्नु पर्दछ । र दोस्रो गोडाइ पहिलो गोडाई गरेको ३ देखि ४ हप्ता पछि गरिन्छ । दोश्रो गोडाईमा उकेरा दिईन्छ ।   



 १९- मकै भाच्ने बेला भयो भन्ने कसरी थाहा पाउने ? मकैको दाना उप्काई खोयामा गाडीने भाग तिर कोट्याई हेरेमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ । 



२०- मकै भाच्ने बेलामा चिस्यान कति हुनुपर्दछ ? साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशत भन्दा कम भए पछि भाँच्नु उपयुक्त हुन्छ । 




 २१- मकैलाई भण्डारण गर्दा चिस्यान प्रतिशत कति हुनुपर्दछ ? मकैलाई जति सक्दो बढी घाममा सुकाई भण्डारण गर्नु पर्दछ । भण्डारण गर्नको निमित्त १२ देखि १४ प्रतिशत चिस्यानमा ल्याउनु पर्दछ ।    



२२- मकै भण्डारणमा कीराको नियन्त्रण कसरी गर्ने ? एउटा सिडबीन (१ देखि २ क्विन्टल) मा एक चक्की सेल्फस राखी हावा नछिर्ने गरि बन्द गर्नु पर्दछ।  



२३- मकैको गवारो नियन्त्रण गर्न के गर्नुपर्छ ? गवारोको आक्रमण देखिएमा सेभिन गेडा, थायोडेन गेडा, फोरेट गेडा, फ्युराडेन गेडा मध्ये कुनै एक ३–४ दाना मकै वोटको प्रत्येक गुवोमा ४र५ पातको अवस्थामा पहिलो पल्ट र २५र३० दिन पछि दोश्रो पल्ट प्रयोग गनु पर्छ।   



२४- मकैमा किर्था नियन्त्रण गर्न के गर्नुपर्छ ? तपसिल अनुसार विषयुक्त चारा बनाई १० कि.ग्रा. प्रति हेक्टर छर्नु पर्छ । गहुँको चोकर–१ कि.ग्रा, क्लोरोडेन वा मालाथियन धुलो–५ ग्राम, सख्खर वा भेली–५ ग्राम र मुछ्न चाहिने जति पानी हाली छर्नुपर्दछ। 



  २५- मकै भण्डारणमा घुनबाट बच्ने वानस्पतिक उपाय के छ ? बोझोको धुलो २०–२५ ग्राम प्रति केजी अनाजका दरले राख्दा घुनबाट बचाउन सकिन्छ। झुसेतिलको तेल १–२ मि.लि. प्रति किलोग्राम अनाजका दरले उपचार गरेर थन्क्याएको अनाजमा घुन र पुतलीहरुले क्षति गर्न सक्दैनन् ।   



२६- सुपर ग्रेन ब्याग भनेको के हो ? प्लाष्टिक झोला हो जसमा १२ प्रतिशत चिस्यान भएका अनाज या बीउलाई ८ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । यसमा ६५ केजी तौलसम्म बीउ भण्डारण गर्न सकिन्छ ।



 २७- दक्षिणी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ? मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादीले १ किलो ग्राम बीउलाई २.५ ग्राम थिरामका दरले बीजोपचार गर्नुपर्दछ।   



२८- उत्तरी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ? मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादी ले १ किलो ग्राम बीउलाई २.५ ग्राम थिरामका दरले बिजोपचार गर्नुपर्दछ । र डाईथेन एम–४५, २ ग्राम प्रति लिटर पानीका दरले छर्नु पर्दछ । 



  २९- ध्वासे थेग्ले रोगबाट बच्ने उपाय के होला ? अवरोधी जातहरु लगाउनेः उच्च पहाडको लागि गणेश(१, गणेश(२ र मध्य पहाडको लागि देउती, शितला, मनकामना(३ ।  



  ३०- मकैको श्रोत बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ ? राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका बीउ उत्पादक समूह या सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि बिकास कार्यलयमा सम्पर्क गर्ने ।   



३१- मकैको जातका नाम पछाडि राखिने अङ्कले के जनाउँछ ? जोडा अङ्कले मकैको दाना पहेलो जनाउछ, बिजोड अङ्कले दाना सेतो जनाँउदछ । 



३२- मकै वालीमा मलखादको मात्रा कति प्रयोग गर्नु पर्दछ ? प्रति हेक्टर डि ए पि १५० के जी, युरिया २०० के जी, पोटास ५० के जी, गोबार मल १५००० के जी, प्रति रोपनी डि ए पि ७.५ के जी, युरिया १० के जी, पोटास २.५ के जी, गोबार मल ७५० के जी, प्रति कठ्ठा डि ए पि ५ के जी, युरिया ६.६ के जी, पोटास १.५ के जी, गोबार मल ५०० के जी,

No comments