सिन्धुली मा गर्मी ह्वात्तै बढ्याे
सिन्धुली जेठ ३१गते( नवराज प्रसाईं )
केहि दिन यता तराई काठमाडौ लगायत ठाउँमा गर्मी बढेकाे छ ।गर्मी तराई मा मात्रै नभयर सिन्धुली मा पनि केही दिन यता गर्मी ह्वात्तै बढेको छ । अहिले दिउँसो घाम र गर्मी ले बाहिर खेतबारी काम गर्न नसकिने मरिण का किसान राम स्याङ्जा बताउँछन् ।
अहिले सिन्धुली माढि बजार ,दुधाैलि ,तिनपाटन,सुनकोसी ,मरिण ,भिमान हरिहरपुर गढि, मा लगायत सिन्धुली काे पहाडी एरिया बायक अरूठाउँ मा गर्मी ह्वात्तै बढेकाे छ ।दिउँसो टनटलापुरे घाम र तातो हावा ले अहिले दिउँसो बेलुका सम्म पनि गर्मी ले सतायकाे सदरमुकाम मा पसल खाेलेर बसेका प्रभाकर खरेल बताउँछ ।
दिउँसो काे घाम ले जस्ता तातेर पढाउन सम्म स्कुल मा गार्हो हुने शिक्षक कृष्ण गाेले बताउँछ ।सिन्धुलीमा केही भुभाग पहाड छन्न भने धेरै जस्तो भुभाग समथर छन ।सिन्धुली लाई भित्री मधेस पनि भनिन्छ ।यी ठाउँ गर्मी माैसम मा गर्मी बढी हुने गरेकाे छ।




No comments