मुख्य समाचार

आफ्नै श्रीमती लाई बन्चरो प्रहार गरि श्रीमान प्रहरी मा पुगे

सिन्धुली जेठ २५गते :बाँकेमा एक महिलामाथि श्रीमानले बञ्चरो प्रहार गरेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नं ३ मानपुरकी एक महिलालाई आफ्नै श्रीमानले बञ्चरो प्रहार गरेका हुन् । मानपुर निवासी ५९ वर्षीया श्रीमान पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरेका हुन् । 

साङ्केतिक तस्बिर 

बञ्चरो प्रहारपछि टाउकाेमा चाेट लागेर गम्भिर घाइते भएकी कप्तारलाई नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ । श्रीमान–श्रीमतीबिच करिव १५-१६ दिन अघिदेखि नै घरमा झै-झगडा हुँदै आएको स्थानियले बताएका छन् । इलाका प्रहरी कार्यालय मानपुरका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार पञ्चराम हरिजनले श्रीमतीमाथी बन्चरो प्रहार गरेपछि पञ्चराम आफै प्रहरी कार्यालयमा पुगेका थिए । 


पञ्चराम अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments