मुख्य समाचार

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा नेपाल र चाइनिज ताइपे बराबरी


सिन्धुली जेठ २४गते 
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले चाईनिज ताईपेसंग १-१ गोलको बराबरी खेलेको हो ।


 चाईनिज ताईपेको मैदानमा सुरुवाती गोलको अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो ।  पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट बराबरी गोल फर्किएको थियो । खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 


तर, खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काए । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो । पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेल नेपालले २-० ले गुमाएको थियो । 


 विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

No comments