मुख्य समाचार

शुक्रबार जेठ २४गते काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । 


 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सुरुमा द्वादश भावमा चन्द्रमा भएकाले आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ तर साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्रने छ, नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । 



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – उदयकालमा राज्य स्थानमा रहेको चन्द्रमा कमजोर भए पनि मिहिनेत र परिश्रम गरेअनुरूप सफलता पाउन सकिन्छ । तर आफ्नै व्यस्तता वा लापरवाहीका कारण कतिपय गर्न लागेका काममा कठिनाइ उत्पन्न हुनसक्छ, सचेत रहनु राम्रो हुन्छ । जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । 



 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । 



बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुनसक्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । 


 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्र्रातःकालमा सातौंभावमा चन्द्रमा रहेका मनमा उमङ्ग र उत्साह देखिने छ । तर पापपीडित चन्द्रमा भएकाले प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । समय दिन नसक्नाले पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आत्मबल बढ्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । 



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – उदयकालमा चतुर्थ चन्द्रमा भएकाले घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ ।

No comments