मंगलबार जेठ २१गत गणेश भगवान काे दर्शन गरि राशिफल हेर्नुस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सोचेको काम समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आमदानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ ।




No comments