मुख्य समाचार

त्रिशूली मा ट्रक खस्दा दुई काे मृत्यु एक गम्भीर घाइते


सिन्धुली असार २०गते 
पृथ्वीराजमार्गकाे इच्छनकामना-३ चुम्लिङटारमा शुक्रबार बिहान एउटा ट्रक सडकदेखि ५०/६० मिटर तल खाेँचमा खस्दा दुईजनाकाे ज्यान गएकाे छ । बिहान ६ बजेर २५ मिनेट जाँदा भएकाे साे दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मुग्लिनबाट काठमाडाैं तर्फ जाँदै गरेकाे ना७ख ६७६५ नम्बरकाे ट्रक खाेँचमा खसेकाे हाे । 


 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण काेइरालाका अनुसार मृतक दुवैजनाकाे नाम ठेगना खुलेकाे छैन । उनीहरू ट्रकमा सवार थिए । उनीहरूकाे घटनास्थलमै ज्यान गएकाे डिएसपी काेइरालाले बताए । ट्रक चालक २५ वर्षीय दिपेन्द्र साहकाे भरतपुरमा उपचार भइरहेकाे छ । सर्लाही घर भएका चालक साहकाे अवस्था गम्भीर रहेकाे डिएसपी काेइरालाकाे भनाइ छ ।

No comments