ईन्जिनियर विनै अाफैले बनायकाे घर काे पनि भुकम्प पिडित ले ३लाख राहत पाउने
सिन्धुली असार १८गते
भूकम्पमा क्षति बेहोरेपछि आफ्नै बलबुतामा घर बनाउने झन्डै २५ हजार घरधनीले पुनर्निर्माण प्राधिकरणको अनुगमनबिनै प्रतिघर ३ लाख रुपैयाँका दरले राहत पाउने भएका छन् ।
भूकम्पलगत्तै प्राविधिक खटिन नपाएकै अवस्थामा घर बनाएर बसेपछि मात्रै लाभग्राहीको सूचीमा जोडिएका र पहिलो किस्ताको रकम मात्रै लिएका सेवाग्राहीले प्राधिकरणको यो निर्णयबाट लाभ लिन सक्नेछन् ।
‘यो निर्णयमा सुविधा लिन २०७४ मंसिरअघि घर बनिसकेको हुनुपर्छ । त्यही घरमा अहिले बसोबास भइरहेको हुनुपर्ने सर्त पनि जोडेका छौं,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने । गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशन समितिको बैठक र संसदीय समितिले समेत ‘प्राविधिकहरू खटिनुपूर्व बनेका घरधनीलाई पनि राहत दिन’ निर्देशन दिएको थियो । यस्ता लाभग्राहीको सूचीमा जोडिएका घरको संख्या २५ हजार जति हुने प्राधिकरणको अनुमान छ ।
यस्ता घरको भूकम्प प्रतिरोधक मापन आधार भने स्थानीय निकायले तय गर्ने घिमिरेले बताए । भूम्पपीडित अनुदान लिनकै लागि विभिन्न जिल्लामा एककोठे घर बनेको खबर सार्वजनिक भएपछि प्राधिकरणले यस्ता घरको भित्री भागको क्षेत्रफल कम्तीमा १ सय २० वर्गफिट नभए अनुदान किस्ता सिफारिस नगर्ने जनाएको छ ।
यस्ता एककोठे घरमा कम्तीमा भूकम्पप्रतिरोधी भान्साघर, कोठा, शौचालय, बरन्डा आदि हुनुपर्ने सर्त जोडिएको छ ।




No comments