काभ्रे को देविथान मन्दिर ऐतिहासिक महत्त्व ,प्रचार प्रसार नहुदा ओझेमा
काभ्रे फेदि कात्तिक २०गते( जानू न्याैैपाने )
काभ्रे जिल्ला काे नबबुद्ध नगरपालिका काे चर्चित देवीथान मन्दिर स्थानीय बासि ले निकै महत्त्वपूर्ण रूपमा देवि थान मन्दिर मा पुजा अाजा गर्छन् ।अहिले उक्त मन्दिर प्रचार प्रसार नहुदा अाेझेलमा परेकाे छ।याे मन्दिर ऐतिहासिक महत्त्व बाेकेकाे छ।अहिले नगरपालिका र वडा लेे केही बजेट निकासा गरेर केही संरक्षण गरेकाे छ ।
पिपल काे रूख काे फेद मा आफै उत्पती भयकाे मुर्ति पनि छ।यहाँ हरेक शनिबार नयाँ बर्ष र दशै काे नाैरथा मा बलि दिने र देबिथान मन्दिर दर्शन गर्न आउने भक्तजन काे घुईचाेे हुने गरेकाे स्थानीय बासि कृष्ण देवि न्याैैपाने ले बताउनु भयाे। आफुले मागेकाे ईच्छा अाकाक्षा पुराउने बिश्वास गर्ने गरेकाे स्थानीय बासि काे भनाइ छ । भक्तजन ले भाकल बलि दिने र कसैले घण्टा पनि देवि थानमा चडाउने गरेकाे छ।
यस मन्दिर लाई विकास र राम्रो संरक्षण र प्रचार प्रसार गर्न सकेे २०२० लाई सरकार ले पर्यटन बर्ष मनाउने लागेकाे बेला देविथान मन्दिर मा आन्तरिक र विदेशी पर्यटन भित्र्याउन सके ठूलो सहयोग पनि हुनेछ ।
याे काभ्रे जिल्ला काे नबबुद्ध नगरपालिका काे भकुण्डेे बेसि बजार बाट विपि राजमार्ग हुदै कच्ची बाटो बाट चरङे फेदि बाट लग भग साडे दुई किलोमिटर माथि आग्लो डाडा मा रहेको छ। मन्दिर रै सम्म सवारीसाधन लान सकिन्छ ।देविथान मन्दिर बाट विभित्र ठाउँ काे रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।






No comments