मुख्य समाचार

कार्यक्रम काे लागि डोल्पा पुगेका राजेश हमाल विमान नअाय पछि अलपत्र

सिन्धुली असार २०गते :
अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्।सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा आएका थिए। कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किन १५ गते जुफाल विमानस्थल पुगेकै दिनदेखि भारी बर्षाले मौसम विग्रेर नेपालगञ्ज–डोल्पा हवाई उडान ठप्प भएपछि उनी अलपत्र परेका हुन्।
हमाल डोल्पाबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्किने तयारीमा थिए। अविरल वर्षाले जहाज उडान तथा अवतरणका लागि मौसम प्रतिकुल भएपछि हमाल मौसमी तथा प्राकृतिक नजरबन्दमा परेका छन्। कार्यक्रम सम्पन्न भएको ४ दिनदेखि उनी लगातार जुफाल विमानस्थलमा जहाज कुरिरहेका छन्। डोल्पामा अझैपनि भारी बर्षा जारी रहेकाले मौसम खुल्ने र जहाज आउने टुङ्गो छैन्।
कला संस्कृति प्रवर्द्धन तथा संरक्षण मञ्च रुकुमले ‘हाम्रो मौलिकता कला संस्कृति हाम्रो पहिचान, आन्तरिक तथा बाह्य पर्यटक आकर्षकको लागि प्रचारप्रसार हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भाग लिन अभिनेता हमाल डोल्पा आएका थिए।
हमाल मात्र होइनन् प्रतिकुल मौसमका कारण हवाई उडान नहुँदा जुफाल विमानस्थलमा यात्रुहरुको चाप बढेको छ। शुक्रबारदेखि मौसम बिग्रेकाले नेपालगन्ज–डोल्पा र डोल्पा– नेपालगन्जका कुनै पनि उडान भएका छैनन्।

No comments