बिप्लब का कर्याकर्ता ले कुटपिट गर्दा सिन्धुली मा दुई दम्पती घाइते
सिन्धुली जेठ१५गते
प्रतिबन्धित चन्द समूहका कार्यकर्ताताले सिन्धुलीमा आफ्नै पुर्व सेक्रेटरीमाथि कुटपिट गरेका छन् । चन्द समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्ला सेक्रेटरी रहेर काम गरेका हरिकृष्ण घिमिरको दम्पत्तिलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।
गाउँपालिकामा आफ्नो काम सकेर फर्किएका ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगामाथि कुटपिट भएको हो । हरिहरपुरगढी गाउँपालिकामा आफ्नो व्यक्तिगत काम सकेर साँझ घर फर्किने क्रममा चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पत्तिको हातमा गहिरो चोट लागेको छ । घाइते घिमिरेले ६ महिनाअघि विप्लव समूह परित्याग गरेका थिए । उनिहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।



No comments