मुख्य समाचार

धरान -चतरा -सिन्धुली -हेटौंडा मदन भण्डारी राष्ट्रिय राजमार्ग लाई ४अर्ब ८२ करोड बजेट छुटाईयाे

सिन्धुली जेठ १५गते
सरकारले मदन भण्डारी राजमार्गलाई आगामी वर्षका लागि पौने ५ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खचिवडाले यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याएको हो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मदन भण्डारी राजमार्ग घोषणा गरिएको यो सडकका विभिन्न खण्डहरु हाल निर्माणाधीन अवस्थामा छन् । 


एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्छ । यो राजमार्ग झापाको पाटापुरबाट सुरु भएर सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा,  । आर्थिक वर्ष ०७५/०७६ मा बिनियोजित ४ अर्बले धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे गरिएको थियो । झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइदैं छ । 

हाल धरान-चतरा-गाईघाट-सिन्धुलीमाडी-हेटौंडा सडकखण्ड तथा दाङबाट सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अहिले पनि जारी छ ।

No comments