मुख्य समाचार

सिन्धुली जिल्ला अस्पताल का डाक्टर र कर्मचारी सहमति सगै पुनः अस्पताल काे काममा फर्के

सिन्धुली जेठ २९गते 
सिन्धुली जिल्ला अस्पताल का डाक्टर लाई हातपात गरेपछि जिल्ला अस्पताल का डाक्टर  कर्मचारी अान्दोलन रत  डाक्टर हरू पुनः काम मा फर्के का छन ।

दाेषि लाई कारबाही र अस्पताल भित्र सुरक्षा काे प्रत्याभूती दिने सहमति भयपछि सम्पुर्ण डाक्टर कर्मचारी पुनः अस्पताल काे काममा फर्के काे जिल्ला अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गाैतम ले जानकारी दिनुभयाे ।


बुधबार विहान प्रमुख जिल्ला अधिकारी ,अस्पताल विकास समिति ,नागरिक समाज प्रहरी प्रमुख पत्रकार  चिकित्सक लगायत काे बैठक ले याे सहमति सगै दाेषि लाई कानुनी दायरा मा ल्याइ कारबाही गरिने गरि सहमत भयकाे सिन्धुली अस्पताल विकास समिति का अध्यक्ष प्रलाद कुमार पाेखरेल बताउनु भयाे ।


साेमबार राति श्रीमती लियर उपचार गर्न अायकाे कनपा बस्ने कृष्ण बस्नेत ले गालि र डाक्टर दिवस ढकाल माथि हातपात गरेकाे चिकित्सक हरू ले अाराेप लगायका थिए ।अाराेपित विरुद्ध जिल्ला प्रहरी सिन्धुली र जिल्ला प्रशासन मा उजुरी दियकाे छ।अहिले अस्पताल काे सेवा सुचारु भयकाे अस्पताल ले जनाएको छ।

No comments