मुख्य समाचार

काेरिया जान ८४हजार ले दिए परिक्षा

सिन्धुली जेठ २६गते :शनिबार र आइतबारगरी दुई दिनसम्म चलेको परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका हुन् । ९२ हजार ३५६ जनाले आवेदन दिएका थिए । तर ८ हजार १४१ जना अनुपस्थित रहे । अरुको नाममा परीक्षा दिन आएका १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ परेको थिए । 


पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेको छ । जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली कोरिया जानेछन् । परीक्षाको नतिजा नतिजा असार १३ गते आउनेछ ।

No comments