सुनिल थापा लाई के मन पर्छ के मन परदैन
ठाउ: जोमसोम मन पर्छ । यो ठाउँ युनिक लाग्छ र स्वर्गको अनुभूति हुन्छ । परिकार जाउलो फेभरेट हो । त्योसँग गोलभेडाको अचार र दही मन पर्छ । जाडोमा चाहिँ खसीको खुट्टा र किमा मन पर्छ ।
पेय ड्रिंक्समा भोड्का मन पर्छ ।
पुस्तक पहिले पुस्तक पढ्थेँ । अहिले समय नभएकाले खासै पढ्दिनँ । तर पहिले पढेकोमा पाउलो कोहेलोको ‘द अलकेमिस्ट’ मन परेको थियो । लेखक जेफ्री आर्चर, पाउलो कोहेलो, डेनियल स्टिललगायतको पुस्तक पढेको छु । त्यसमध्ये जेफ्री आर्चर नै मेरो फेभरेट हुन् ।
गीत ‘मोहनी लाग्ला है...’ गीत मन पर्छ । गायक/गायिका स्वरसम्राट् नारायणगोपाल नै मन पर्छ । गायिकामा चाहिँ आशा भोस्ले । फिल्म तुलसी घिमिरेको ‘दक्षिणा’ एकदमै मन परेको फिल्म हो । यो साँच्चै नै राम्रो लाग्छ ।
अभिनेता/अभिनेत्री अभिनेत्रीमा जल शाह मन पर्छ । अहिले मेनुका प्रधान पनि राम्रो लाग्छ । पहिलेका अभिनेतामा अर्जुनजंग शाही मन पर्छ । अहिले कर्मा, सौगात मल्ल, दयाहाङ राई, विल्सनविक्रम राईलगायत मन पर्छन् । ग्याजेट ग्याजेटमा त्यति टाइम वेस्ट गर्दिनँ । मोबाइलमा ग्रिन र रेड बटन थिच्छु, त्यति हो ।


No comments